citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

लकडाउनमा पनि युनाईटेड इन्स्योरेन्सको बीमा पोलिसी जारी, घरबाटै गर्न सकिने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ । कोरोना (कोभिड १९)ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको सम्वेदनसिलतालाई मध्यनजर गर्दै उक्त व्यवस्था मिलाएको हो ।

हालको परिस्थितीमा ईमेल ईन्टरनेट अनलाईनबाट सुविधा उपभोग गर्न सकिने भएपनि ईन्टरनेटमा अत्याधिक चाप बढ्न गएको अवस्थामा समेत आफ्नो सेवालाई चुस्त बनाई राख्न बिमालेख तर्फ टोपेन्द्र कटेल मोवाईल नं. ९८५६०६०३७४ तथा बीमा दावी तर्फ रविन्द्र राज श्रेष्ठ मोवाईल नं. ९८५१२१७९४९ मा सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागि सबै शाखा कार्यालय ईन्चार्जहरु तथा केन्द्रिय कार्यालयका निम्न व्यक्तिहरुलाई सम्पर्क गरि घरबाटै कम्पनीका सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराएको छ ।

कम्पनीले हालको विषम परिस्थितीमा आफ्नो उत्कृष्ठ सेवा दिन तथा चुस्त दुरुस्त बनाउनको लागि आवश्यक प्रविधिको प्रयोग गर्दै अनलाईन सेवा मार्फत अझ परिस्कृत गर्दै आफ्ना बीमितहरुको काम कारवाही सरल र सहज रुपमा विना रोकटोक प्रभावकारी ढंगबाट अघि बढाउने र आगामी दिनहरुमा समय सापेक्ष सुदृढ रुपमा अघि बढाउदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेकोछ ।

यस समवेदनसिल परिस्थितीमा आईपरेका कठिनाईमा कम्पनी बीमितहरुको साथमा रहेको जनाउदै बीमितहरुले बीमालेख जारी गर्न तथा बीमालेख नविकरण गर्न कम्पनीको ईसेवा तथा बैंक खाता रहेको एनआईसी एसिया बैंक मार्फत अनलाईन भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

यस विषम परिस्थिीतिमा बिमित, अभिकर्ता कर्मचारीहरु लगायत सबै एकजुट भई सकेसम्म घरमै बसी कोरोना भाईरस संक्रमणबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं साथै आफु सजग बनौं तर त्रसित नबनौं भन्ने अपिल गरेको छ ।

 

gold
himalayan life insurance long ad
kumari bank