citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल इन्स्योरेन्सको खुद नाफा ९.११प्रतिशत ले बढेर ५ करोड ९५ लाख ११ हजार

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल इन्स्योरेन्सको खुद नाफा ९.११प्रतिशत ले बढेर ५ करोड ९५ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ५ करोड ४५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बिमा कोषको आकार ३६.८६ प्रतिशत ले बढेर ६२ करोड ३९ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसको बिमा कोषमा ४५ करोड ५८ लाख ७० हजार रुपैयाँ थियो ।

खुद बिमा शुल्क ६.८५ प्रतिशत ले बढेर २० करोड ३५ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको अवधिमा यसले १९ करोड ५ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । प्रतिसेयर आम्दानी १९ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ४६ पैसा छ ।

himalayan life insurance
igi long