citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

 स्टान्डर्ड चार्टर्ड बैंकले मंसिर १८ गते साधारण सभा बोलायो 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मंसिर २८ गते स्टान्डर्ड चार्टर्ड बैंकले साधारण सभा डाकेको छ । बैंकको ३५औं वार्षिक साधारण सभा केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

कोभिड १९ को महामारीका कारण साधारण सभा भर्चुअल माध्यमबाट हुने बैंकले जनाएको छ । सभामा गत वर्षको नाफाबाट लगानीकार्तालाई दिन प्रस्ताव गरिएको १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

बैंकको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी कुल १३,०६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । तसर्थ, मंसिर ९ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

himalayan life insurance
igi long