stcnepal long ad
ime life insurance
global ime bank long

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सौराहमा राष्ट्रिय सम्मेलन सम्पन्न

२९ जना कार्यालय प्रमुख पुरस्कृत

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। यही कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा/उपशाखा प्रमुख, १४ क्षेत्रका क्षेत्रीय प्रमुख तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो।

सम्मेलनको पहिलो दिन १४ क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ–आफ्नो क्षेत्रको व्यावसायिक प्रतिवेदन पेस गरेका थिए।

प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यावसायिक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको बताइएको छ।

कार्यक्रमको दोस्रो दिन कम्पनीका सम्पूर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको ‘नेसनल बिजनेस मिट–२०७८’ राष्ट्रिय सम्मेलन सम्पन्न गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईबाट उदघाटित सम्मेलनमा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले व्यक्त गरेका थिए।

त्यसैगरी नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले त्रैमासिक व्यावसायिक समीक्षा गरेका थिए भने अर्का नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीलाई कम्पनीको बीमा योजनाहरुका बारेमा तालिम प्रदान गरेका थिए।

सम्मेलनको अन्तमा २०७८/७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए। सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेको थियो।

बीमा जनचेतना अभिवृद्धिको लागि यो आ।व।भित्र सबै शाखा उपशाखाले आ–आफ्नो क्षेत्रमा “युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गर्ने निर्णय गरियो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विषयमा विस्तृत जानकारीका साथै तालिम प्रदान गरेका थिए।

prabhu mahalaxmi
kumari