citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काठमाडौँ महानगरपालिकाको तिहार लक्षित अनुगमन सुरु: चावहिलका २ पसललाई जरिवाना

मध्यम खालका मिठाइ पसलमा गुणस्तरमा धेरै लापर्वाह

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । काठमाडौँ महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले आज चावहिलका २ वटा मिठाइ पसललाई जरिवाना तिराएको छ ।

दर्ता अनुमति नलिई, दर्ता गरे पनि दर्ता गरे पनि नविकरण नगरी व्यवसाय कारोवार र सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेका कारण गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्वीट हाउसलाई २० हजार रुपैयाँ जरिवाना गराइएको, कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

अनुगमन गरिएका मिठाइ पसलहरुमा कोविडको स्वास्थ्य मापदण्ड पालना नगरिएको, भान्छाको सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्य बस्तु विक्री गरेको, अनुमति नलिइ मिठाइजन्य खानेकुरा प्याकेजिङ् गर्ने गरिएको भेटियो, भण्डारीको भनाइ छ ।

त्यस क्रममा पूजा स्वीट हाउसबाट उपभोग्य मिति गुज्रिएका २५० ग्राम तौल भएका हल्दिराम ब्राण्डका ५८ वटा प्याकेटद जफत गरियो । यसैगरी गुप्ता स्वीट एण्ड चाटबाट हल्दिराम ब्राण्डकै २५ प्याकेट र ४०० ग्रामका २० प्याकेट जफत गरियो ।

अनुगमनका क्रममा सन्तोष स्वीट्समा प्रयोग गरिरहेको करिव ५ लिटर खान अयोग्य तेल नष्ट गरियो । त्यस्तै म्याद गुज्रिएको सोना पापड ९ प्याकेट, मुग दाल ७ प्याकेट, विकिनी पञ्जावी तड्का ४ प्याकेट, विकिनी भुजिया ४ प्याकेट, विकिनी मिक्स ९० प्याकेट जफत गरियो ।

हामीले बजारमा गएर पटक पटक सचेत गराएका छौँ । हामी पुगेको बेला सुधार गर्छौैँ भन्नुहुन्छ तर अर्को पटक जाँदा अवस्था उस्तै हुन्छ । अनुगमनमा रहनुभएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझाले व्यापारीले व्यवसायिक धर्म र सामाजिक दायित्व निर्वाह गरेको आफूलाई महसुस भएको बताउनुभयो ।

ओझाले टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर र आइआर थर्मोमिटरको प्रयोग गरेर फ्रिज र तेलको तापक्रम परीक्षण गर्नुभएको थियो । सन्तोष स्वीट्सले प्रयोग गरेको तेल अखाद्य भएको यही उपकरणका मद्दतबाट पत्ता लगाइएको थियो ।

अनुगमनबाट देखिएको बजारको अवस्थाका बारेमा प्रतिक्रिया दिँदै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले मध्यम खालका मिठाइ पसलले गुणस्तरीय खाद्यबस्तुमा विक्रीमा ध्यान नदिएको भेटिएको बताउनुभयो ।
म्याद सकिएका सामान सोकेसमा सजाइएका छन् । भान्छा अँध्यारो छ । भान्छामा प्रयोग हुने मरमसला, पीठो, रङ्गजस्ता सामाग्रीको म्याद सकिए पनि प्रयोग भइरहेको छ ।

तिमल्सिना भन्नुहुन्छ, धेरैजसो उपभोक्ताले यस्तै पसलबाट मिठाइ किनेर प्रयोग गर्छन् । यसरी हेर्दा धेरै उपभोक्ताले गुणस्तरहीन मिठाइ खाइरहेका छन् ।

महानगरले नियमनकारी कार्यालयका प्रतिनिधिहरुलाई सहभागी गराएर एकीकृत अनुगमन गर्ने योजनाअनुरुप आजदेखि तिहार लक्षित अनुगमन थालेको हो ।

himalayan life insurance
igi long