stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल पेमेन्ट सोलुसन्स र बैंक अफ काठमाण्डूबीच डिजिटल इकोसिस्टम विस्तारका लागि सहकार्

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल पेमेन्ट सोलुसन्स प्रा.लि.ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै बैंक अफ काठमाण्डू लि.सँग सहकार्यका लागि आज सम्झौता गरेको छ।

नेपाल पेमेन्ट सोलुसन्स तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा बैंक अफ काठमाण्डूका तर्फबाट हेड–कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेसन्स अमर राजभन्डारी र अफिसर–कार्ड एन्ड टेक–बेस्ड सर्भिस अपरेसन्स डिलन शाक्यले आ–आफ्ना संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यस सम्झौतापत्र अनुसार अब बैंक अफ काठमाण्डू लि।सँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्। नेपाल पेमेन्ट सोलुसन्सले यी सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ।

नेपाल पेमेन्ट सोलुसन्स एक भुक्तानी प्रणाली एग्रीगेटर हो। जसले विशेष गरी बैंक तथा वित्तीय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।
नेपाल पेमेन्ट सोलुसन्सले अधिकांश क, ख र ग वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको छ।

समग्रमा नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाइसकेको बलियो कम्पनी हो, जसले ३० भन्दा बढी बैंक, २० भन्दा बढी वालेट तथा १० भन्दा बढी रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ।

prabhu mahalaxmi
kumari