stcnepal long ad
global ime bank long

नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत २१ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौं ।  । नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो चैत २१ गते शुक्रबार काठमाडौंको सिनामंगलस्थित एयरपोर्ट होटेलमा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५२.६९ रुपैयाँको ५ प्रतिशतले हुन आउने ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँ बराबरको बोनस सेयर र २.८९ प्रतिशतले हुन आउने ३ करोड १७ लाख १२ हजार ९०३ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर सहित) अनुमोदन हुनेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले चैत ४ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ३ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीको वार्षिक साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।

IME Lifesidebar
kumari