stcnepal long ad
global ime bank long

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो प्रथम वार्षिक उत्सव नेपाल बाल संगठन (बाल मन्दिर) लाई सहयोग गरी मनायो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौं । २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरीे २०७५ फाल्गुण २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार शुुभारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको एक वर्ष पुरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर लाई रु. १ लाख ५० हजार रुपैंया सहयोग गरी आफ्नो प्रथम वार्षिक उत्सव मनायो । उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचिव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।

काठमाडौ महानगरपालिका वडा नं.१० नयाँ बानेश्वर, काठमाण्डौंमा रजिष्टर्ड कार्यालय रहेको बैैंकको हाल अधिकृत पूँजी रु.४० अर्व, जारी पूँजी रु.२० अर्व र चुक्ता पूँजी रु.१२ अर्व रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी रु.२० अर्व पुग्नेछ ।

जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

IME Lifesidebar
kumari