stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपालमै आधुनिक प्रविधिबाट गुणस्तरीय ईँटा उत्पादन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौं । नेपालमा आधुनिक प्रविधिबाट गुणस्तरीय ईँटा उत्पादन गरिने भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ईन्नोसिएसआर कम्पनीले नेपालमा औपचारिक रुपबाटै असल ईटा पद्धतिको व्यवसाय शुरुवात गरेको जानकारी दिएको छ ।

योे ईटा आगोले नपोलेरै बनाइन्छ । जसलाई असल ईट्टा पद्धति भनिएको छ । जुन ईट्टा उत्पादनको क्षेत्रमा नविनतम वैकल्पिक प्रविधि हो । जसलाई माटो, सिमेन्ट, सोइल स्टाबलाइजर पानीको मिश्रणबाट मजबुत पारी तयार गरिन्छ ।

वातावरणीय प्रदुषण कम गर्न यो ईँटा ज्यादै नै उपयोगीमानिएको छ । आगोले ईटालाई पोल्नु पर्ने परम्परागत विधिको ईटा भट्टाले धेरै वातावरणीय तथा स्वास्थय समस्याहरु निम्त्याएको छ ।

ईन्नोसिएसआरले यस्तो समस्याको वैकल्पिक रुपमा अगोले पोल्नु नपर्ने ईटा उत्पादन प्रविधि बजारमा ल्याएको हो । यस्तो प्रविधिबाट ईटा उत्पादन गर्दा १० गुणा उत्पादकत्व वृद्धि हुने, धेरै अदक्ष कामदारहरुको प्रयोग नहुने साथै कामदारहरुको प्रयोग भन्दा उच्च गुणस्तरको हुने, समान मूल्यमा उपभोक्त सम्म पुग्ने र उत्पादकहरुलाई अधिकतम आम्दानी गराउँदछ ।

यस प्रविधिले अधिकतम ईटा उत्पादनको लागतमा कमी मात्रै गर्दैन, यसले उत्पादकलाई वर्षै भरी ईटा उत्पादन गर्न मद्दत मिल्छ । सार्थै वातावरणीय तथा सामाजिक समस्याहरुको समाधान गरी जनता र देशलाई योगदान पुर्याउँदछ ।

ईन्नोसिएसआर सन् २००८ मा स्थापना भएको कोरियन कम्पनी हो । यसले कोरिया लगायत विश्वका विकासोन्मुख देशहरु मलेसिया, फिलिपिन्स, चीन र नेपालमा ईटा उत्पादनको क्षेत्रमा नविनतम प्रविधि दिएको छ ।

ईन्नोसिएसआरले शुरुवाती समयमा नेपालको विभिन्न क्षेत्रहरुमा करिब १८ महिना माटोको परीक्षण सम्पन्न गरिसकेको छ । यसको आफ्नै माटो परीक्षण गर्ने प्रयोगशाला भक्तपुरमा रहेको छ । कम्पनीको मुख्य उद्देश्य ईटा उत्पादनको क्षेत्रमा रहेको उद्यमीहरुलाई ईटा उत्पादनको एउटा नयाँ वैकल्पिक प्रविधिको परिचय गराउने रहेको छ ।

गोरखा ईन्नोटेक प्रा.लि.ले सन् २०२० को फेब्रुअरी मा ईन्नोसिएसआरको असल ईटा पद्धति अवलम्वन गरी गोरखाका उपभोक्तहरुलाई बिक्री वितरण गरी शुरुवाती कदम चालेको छ ।

यस उद्योगले करिब २ करोड (२० मिलियन) ईटा वार्षिक रुपमा उत्पादन गर्दछ । साथै स्थानीयहरुले घर निर्माण गर्न असल ईटाको प्रयोग गर्न थालिसकेका छन् ।

पुल्चोक, ललितपुरको ईन्जिनियरिङ्ग क्याम्पसको निर्माण समाग्री परीक्षण प्रयोगशाला (सेन्ट्रल मेटेरियल टेष्ट ल्याव) मा असल ईटाको प्राविधिक जाँच गरी यसको कडापन १० + एमपिए रहेको प्रमाणित गरेको छ । जुन निर्माणको गुणस्तरमा उच्च रहेको मानिन्छ ।

संघ गठन
यस कम्पनीले असल ईटा उत्पादकहरुको एउटा संघ गठन गरेको छ । जसलाई असल ईटा उत्पादक संघ भनिएको छ । यसका सदस्यता असल ईटा पद्धती प्रयोग गरी उत्पादन गर्ने उद्योगलाई प्रदान गरिन्छ ।

संघले नेपालको कानून तथा नियमहरुको सम्मानपूर्वक पालना गर्नुका साथै प्राकृतिक श्रोतहरुलाई समुचित प्रयोग भएको छ । मानव प्रतिकुल हुने वातावरण सिर्जना नगर्ने भन्दै नेपालका श्रम ऐन, कानून लाई सम्मान पूर्वक पालना गरी बालबालिका, महिला सबैको श्रमको सम्मान गर्ने जनाएको छ ।

kumari bank
kumari
nawakantipur long