stcnepal long ad
global ime bank long

मेट लाइफका बीमितले बीमा दाबी अनलाइनबाटै गर्न पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मेट लाइफ इन्स्योेरेन्सका बीमितहरुले बीमा दाबी अनलाइनबाटै गर्न पाउने भएका छन् । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइन मार्फत नै दाबी गर्न पाउने सेवा सुरु गरेको हो ।

अनलाइन दाबी भुत्तानी सुविधा मार्फत ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दाबी अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेश गर्न सक्ने भएका छन् ।

भुक्तानीका लागि बीमितबाट अनलाइन अपलोड भएका आवश्यक जानकारी अनुसार कम्पनीको दाबी टोलीले तुरून्त दावी प्रकियालाई अघि बढाउने कम्पनीले जनाएको छ।

कम्पनीले ग्राहकको छिटो र छरिटो सुविधालाई मध्यनजर गरेर अनलाईन मार्फत नै नविकरण गर्न मिल्ने सुविधा ल्याएको जनाएको छ ।

IME Lifesidebar
kumari