stcnepal long ad
global ime bank long

नया वर्ष २०७८ को अवसरमा फोकस फेशन हाउस नामक मोडलीङ एजेन्सी सञ्चालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । फेशन हाउसको प्रमुख अतिथी  कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरीका श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर शुभरम्भ गरे।

कार्यक्रममा अतिथिहरुले केक काटेर फेशन हाउसको लागि शुभ कामना व्यक्त गरेका थिए। फेशन हाउसमार्फत विभिन्न खालका इभेन्ट र ब्युटि प्याजेन्टको आयोजना गर्नुकका साथै, विज्ञापन तथा वेव सीरीज र म्युजिक भिडियो निर्माण, मोडलीङ फोटो शुट गर्नुका साथै मोडलहरुलाई ग्ल्यामर क्षेत्रमा भित्र्याउने सहयोग गर्ने फेशन हाउसका सञ्चालक आदर्श शर्माले बताए।

ईभेन्ट आयोजनाको क्षेत्रमा करीव आधा दशकको अनुभव बोकेका आर्दशले रक्की मर्हजन, एलीना क्षेत्री, सिर्जना गुरुङलगायत आफ्ना अनुभवी साथीहरुको टीमका साथ फेशन हाउस सञ्चालनमा ल्याएका हुन्।

आगामी दिनमा केही इभेन्ट गर्ने तयारी रहेको र त्यसको लागि थिम बनाएर अगाडि बढिरहेको आदर्शले बताए। ‘हाम्रो सोच भनेको आगामी दिनमा यो क्षेत्रमा राम्रा राम्रा ईभेन्ट तथा प्याजेन्ट आयोजना गर्नु हो। आगामी दिनमा फेशन आउसमार्फत मिस नेपाल लेभलको ईभेन्ट अर्गनाईज गर्ने सोच छ’, उनले भने।

आदर्शले आफूहरुले धेरै ईभेन्ट नगर्ने तर ईभेन्टलाई गुणस्तरियता दिने बताए। ‘हामी क्वान्टीटीमा भन्दा पनि क्मवालीटीलाई ध्यानमा राखेर ईभेन्ट अर्गनाईज गर्नेछौ। क्वालीटीको हिसाबले राम्रो काम गरेर ईभेन्ट अर्गनाईजेशनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुजेछौ भन्ने विश्वास लिएको छु।

साथै अहिले हामी ग्ल्यामर क्षेत्रमा आउन चाहनेहरुलाई प्रशिक्षण दिएर राम्रो प्ल्याटफर्म दिनेछौं’ उनले भने। प्रमूख अतिथी पत्रकार विदुर गिरीले कोरोना संक्रमणबाट हुने कोभिड १९ लाई ध्यानमा राखी अहिलेको समयमा विश्व मनोरञ्जन जगत्ले अगाडि बढाएको अवधारणालाई पछ्याउँदै प्रविधिको सदुपयोग गरेर मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्नेमा जोड दिए।

IME Lifesidebar
kumari