युनाइटेड इन्स्योरेन्सको नाफा ३५.६४% ले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा युनाइटेड इन्सुरेन्सको नाफा बढेको छ । यसअवधिमा नाफा ३५.६४% ले बढेर २ करोड ७४ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २ करोड २ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । बिमा कोषको आकार भने ३.५०% ले घटेर ३२ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष बिमा कोषमा ३३ करोड ६२ लाख रुपैयाँ थियो । खुद बिमा शुल्क ४९.३४% ले बढेर २६ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १७ करोड ६१ लाख रुपैयाँ मात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीले २० करोड ९० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
भुक्तानी हुन बाँकी रकम ७२ करोड ५ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा संस्थाको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७७ पैसा छ । चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ छ । जगेडा कोषमा ९ करोड ८१ लाख ४८ हजार रुपैयाँ रहेको छ ।























