३१.२१%ले डिप्रोक्स लघुवित्तको नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको नाफा ३१.२१%ले बढेर ३२ करोड ४० लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २४ करोड ६९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र राइट ब्याक रकम बढेसँगै नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी २१.८४% ले बढेर ६६ करोड १४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ५४ करोड २९ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । संस्थाले १ अर्ब ४५ करोड २६ लाख ७९ हजार रुपैयाँ राइट ब्याक गरेको छ । यता, प्रोभिजनमा रकम बढाउदा सञ्चालन नाफा भने प्रभावित भएको छ ।
यसअवधिमा संस्था ९२ करोड ५१ लाख ६३ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । डिप्रोक्सले यो वर्ष १ अर्ब ४० करोड ३९ लाख ५५ हजार रुपैयाँ प्रभिजनमा राखेको छ । कम्पनीको खराब कर्जा १.११% ले घटेर ०.६२% मा आएको छ । अघिल्लो वर्ष संस्थाको खराब कर्जा १।७३५ थियो ।
पुस मसान्तसम्म प्रतिसेयर आम्दानी ६४ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ६६ पैसा छ । संस्थाको चुक्ता पुँजी १ अर्ब ५४ लाख ३३ हजार रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीले ५ अर्ब ७८ करोड ५२ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरेर १३ अर्ब ८४ करोड २४ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।























