stcnepal long ad
global ime bank long

नेशनल लाईफ इन्स्योरेन्सको ३२ औं साधारणसभा माघ १५ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल  लाईफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा आगामी माघ १५ गते हुने भएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १५ गते अपरान्ह १०ः३० बजे ३२ औं साधारणसभाको मिति घोषणा गरेको हो ।

साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा हुने जनाइएको छ । त्यस्तै, बैठकले १० प्रतिशत बोनस शेयर लाभांश बापत विरतण गर्ने प्रस्ताव विशेष रुपमा साधारण सभामा लैजाने निर्णय गरेको छ ।

त्यस्तै, बोनस शेयरको कर प्रयोजनको लागि कूल एक करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव समेत साधारणसभामा जाँदैछ ।

त्यस्तै कम्पनीको अन्य नियमित वित्तीय विवरण पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन पेश गर्ने लगायतका प्रस्तावहरु पेश हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, बैठकले बुक क्लोज मिति समेत तय गरेको छ । माघ २ गतेदेखि माघ १५ गतेसम्म बुक क्लोज मिति तय गरेको कम्पनीले नेप्सेमा बुझाएको पत्रमा उल्लेख छ ।

IME Lifesidebar
kumari