stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइएमई जनरल इन्सुरेन्सको २२औं वार्षिक साधारण सभा फागुन २४ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

४ फागुन २०७६, आईतवार
काठमाडौं । आइएमई जनरल इन्सुरेन्सले २२औं वार्षिक साधारण सभा फागुन २४ गते बोलाएको छ । साधारण सभा, लैनचौर ब्यांकेट्समा बिहान १० बजे सुरु हुनेछ । सभामा ६.३१५ लाभांश पारित गर्ने विशेष प्रस्ताव रहनेछ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ६५ बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर हिस्सा परिमार्जन गर्ने प्रस्ताव पनि लैजाने छ । हाल जारी तथा चुक्ता पुँजीको ८०५ सस्ंथापक समूहको र २०५ सर्वसाधारण समूहको छ । अब यसलाई परिमार्जन गरेर ६०५ सस्ंथापक समूह र ४०५ सर्वसाधारण समूहको बनाइने भएको छ । यो प्रस्ताव पनि सभामा पेश हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गरिने छ ।

आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि सभामा छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ ।
फागुन ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पछि पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ पुग्नेछ ।

IME Lifesidebar
kumari