सरकारी अनुदानको आयोडिन युक्त नूनले ढिके नुन विस्थापित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

४ फागुन २०७६, आईतवार
काठमाडौं । ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिन युक्त नून सहजै पाइन थालेपछि प्रयोगकर्ता बढ्न थालेका छन् ।
ढिके नूनको प्रयोग गर्दै आएका डोटीका स्थानीयवासीहरु पछिल्लो समय आयोडिनयुक्त नूनको प्रयोगमा बानी पार्न थालेका छन् । सहजै सो नून पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नूनको प्रयोग घट्दै गएको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ का स्थानीय लालबहादुर कामीले बताए । “पहिला आयोडिन नून आउँदैनथ्यो, अहिले सहजै आयोडिन युक्त नून पाउन थालेपछि हामीले ढिके नून खान छोडेका छाँै ।”
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँगाउँमा आयोडिनयुक्त नूनको गोदामको व्यवस्था गरी नून किन्न सहज र सजिलोे बनाएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो १६ रुपैयाँमै आयोडिन युक्त नून वितरण हुन थालेपछि जिल्लाका नौ वटा स्थानीय तहका नागरिकलाई मागअनुसारको नून प्राप्त गर्न सजिलो भएको छ ।

IME Lifesidebar
kumari