stcnepal long ad
ime life insurance
national life
global ime bank long

फागुन २२ देखि एनएलजी इन्स्योरेन्स कम्पनीको ६०५ हकप्रद शेयर विक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

४ फागुन २०७६, आईतवार
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेदेखि ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा ६० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३८ करोड ४२ लाख ४३ हजार ७५० रुपैयाँ बराबरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि माघ २७ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । त्यसकारण माघ २६ गते आइतबारसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद पाउनेछन् ।
उक्त हकप्रद शेयरमा चैत १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्राले एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनका लागि इक्रा एनपि आईपिओ ग्रेड ३ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ३ रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ ।
हकप्रद शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय, लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत चैत १२ गतेसम्म आवेदन दिन पाउने छन् ।

IME Lifesidebar
kumari