stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फागुन १३ देखि आईसीएफसी फाइनान्सको ऋणपत्र निष्काशन विक्री खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

फागुन  २०७६, आईतवार
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले फागुन १३ गतेदेखि २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ ।
निष्काशन गरिने कुल ऋणपत्रमध्ये १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८ करोड रुपैयाँ बराबरको ८० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ४ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुटाइएको छ ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ७६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । ७ वर्ष अवधि रहेको सो ऋणपत्रमा फाइनान्सले वार्षिक १२ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भए पश्चात भुक्तानी गर्ने जनाएको छ ।
फाइनान्सले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सो ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

prabhu mahalaxmi
kumari