citizens life insurance long ad
stcnepal long ad

जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जनरल जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिनको आइपीओमा आवेदन दिने आज असोज १४ गते बुधबार अन्तिम दिन हो । यो आइपीओमा यसअघि नै मागभन्दा बढी आवेदन परिसकेको छ । यसर्थ, लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि १ हजार रुपैयाँ आवेदन दिए पुग्ने देखिन्छ ।

यसमा मंगलबार साँझसम्ममा १ अर्ब ९१ करोड ६१ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबार साँझ ५ बजेसम्म ६ लाख ८१ हजार ३७३ जनाले १ करोड ९१ लाख ६१ हजार ९९० कित्ताको लागि आवेदन दिएका हन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ७.०१ गुणा बढी आवेदन हो । जनरलले असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको हो ।

जसमा कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४५ सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५५ म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ ।

आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

IME Life
kumari