citizens life insurance long ad
stcnepal long ad

कुवेतका राष्ट्रप्रमुख शेख सबा अल अहमदको ९१ वर्षको उमेरमा निधन

Nimb long ad
Prabhu Insurance Long Ad

कुवेतका राष्ट्रप्रमुख (अमिर) शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ । सबा अल अहमदको अमेरिकामा निधन भएको हो ।

उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उहाँ जुलाई २३ मा अमेरिका जानुभएको हो । गल्फ न्युजका अनुसार अमेरिकामा उहाँको के उपचार भयो भन्ने कुरा ईमिरका अधिकारीले खुलाएका छैनन् ।

सन् २००६ देखि कुवेतको ईमिर बन्नुभएका सबा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आउनुभएको थियो । सबा अल अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् ।

सभा अलको निधनपछि उहाँका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बन्नुभएको छ । ८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरिसक्नुभएको थियो । यस्तै उहाँले रक्षा मन्त्री र गृहमन्त्रीको पद सम्हालि सक्नुभएको छ ।

IME Life
kumari