नेपाल लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी उदय प्रसाद ओझाको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
शेयरधनी ओझाले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्नका लागि निवेदन दिएकोले कम्पनीले सो शेयर बिक्रीमा राखेको हो। बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूका लागि कम्पनीले ३५ दिनको समयावधि दिएको छ।
सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले दिइएको समयावधिभित्र काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा निवेदन दिनु पर्नेछ।
उक्त समयावधिभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
























