stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु इन्स्योरेन्सको ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ११ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि कम्पनीले सो शेयर बिक्रीमा राखेको हो।

संस्थापक शेयर बिक्री गर्दा कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था भएकोले संस्थापक शेयर खरीद गरी लिन इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूका लागि कम्पनीले ३५ दिनको समयावधि दिएको छ।

उक्त समयावधिभित्र संस्थापक शेयरधनीले काठमाडौंको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा सम्पर्क राखी शेयर खरीद गर्न निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त हुन नआएमा वा सबै शेयर बिक्री नभएमा बाँकी रहन गएको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

IME Lifesidebar
kumari