नेको इन्स्योरेन्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न

लाभांश प्रस्ताव पारित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा आज सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभा कम्पनीको अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो।

उक्त साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत (१०० कित्ता बराबर ३ कित्ता) बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

त्यसैगरी साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र गत आवको लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारश्रमिक निर्धारण पनि गरेको छ।

त्यसैगरी बोनस शेयर वितरण पश्चातको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति दिने र आवश्यता अनुसार तथा नियामक निकायहरूबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिनका लागि बूक क्लोज गरिसकेको छ। बूक क्लोजको आधारमा माघ २४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले साधारणसभाबाट पारित लाभांश प्राप्त गर्न सक्नेछन्।

IME Lifesidebar
kumari