stcnepal long ad
global ime bank long

आइएमई लाइफले पायो “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४”

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफले “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४” जित्न सफल भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थ द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट“ अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ ।

होटल र्‍याडिसनमा आयोजित सो समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र वित्तविभाग प्रमुख जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका थिए ।यस अवार्ड हालसम्म दुईमात्र जीवन बीमा कम्पनीले प्राप्त गरेका छन सो मध्येआज एक समारोहकाबीच कम्पनीले उक्त उपाधि हात पार्न सफल भएको छ ।

यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको छ । कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।

यस उपलब्धिको लागि नियामनकरी निकाय, बीमित, सम्पूर्ण कर्मचारीप्रति कम्पनीले आभार व्यक्त गरेको छ । यस सम्मानले कम्पनीलाई अझ प्रभावकारी र जिम्मेवार जीबनबीमा कम्पनीको रूपमा अघि बढ्न प्रेरणा दिएको कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari