stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

धनुषामा बजाज ग्रान्ड एक्सचेन्ज मेला हुने, नागरिकताकै आधारमा बाइक पाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

धनुषा । धनुषामा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । साउन ७ गतेदेखि १२ गतेसम्म धनुषाधामको धनुष मन्दिर अगाडि हुने मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

धनुषाधाममा हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउँने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउने समेत बताइएको छ ।

धनुष मन्दिर अगाडि आयोजना हुने बजाज ग्रान्ड एक्सचेन्ज मेला बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो ।

यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू  सजिलै किन्न  सक्ने बजाज धनुषाका सञ्चालक नविनकुमार यादवले जानकारीले दिए ।

prabhu mahalaxmi
kumari