stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशत ब्याज छुट दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा व्याज छुट दिने भएको छ ।

यस इन्स्योरेन्स कम्पनीबाट जारी भएका बीमालेखको नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्कमा २०८२ जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म शतप्रतिशत छुट प्रदान गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

२ वर्षसम्म व्यतित भएका बीमालेखमा १०० प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ७५ प्रतिशत र ३ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ । यस छुट बीमा अवधिभरी एक पटक मात्र पाइने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

सो अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि इन्स्योरेन्स कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari