नेको इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामी भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
कम्पनीले वैशाख १२ गतेदेसख संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यस इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर इन्स्योरेन्स कम्पनीले अब लिलामीमा ल्याएको हो ।
यसमा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटल, नक्साल काठमाडौं र विराटनगरबाट आवेदन दिन सकिनेछ । साथै, नेको इन्स्योरेन्सको झापा, पर्सा, घनुषा, चितवन, मकवानपुर,कास्की लगायतका शाखा कर्यालयबाट पनि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ ।