आज आइतबार नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । आज आइतबार सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालय बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सरकारले जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक परिस्थिति र पार्टीका गतिविधिबारे छलफल हुने बताइएको छ ।