प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमालेखहरुमा प्रतिहजार न्यूनतम रुपैयाँ २३ देखि ७३ रुपैयाँसम्म घोषणा गरेको छ । सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष र १० देखि १४ वर्षका लागि ३३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।
सावाधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष र १० देखि १४ वर्षका लागि ३८ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ४३ रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ ।
अग्रिम भुक्तानी सावाधिकमा ० देखि ९ वर्ष र १० देखि १४ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ बोनसदर कायम गरेको छ ।
अग्रिम भुक्तानी (समुन्नति एनुअल) मा ० देखि ९ वर्षका लागि र १० देखि १४ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २७ रुपैयाँ बोनसदर कायम गरेको छ।
महालक्ष्मी सावाधिक जीवन बीमा योजनामा ५ देखि १४ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १५ वर्ष अवधिका लागि ४६ रुपैयाँ र १६ देखि २४ वर्षसम्म अवधिका लागि ४६ रुपैया, २५ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २६ वर्षभन्दा माथिका लागि पनि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।
महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १४ वर्ष अवधिको लागि ५२ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५५ रुपैयाँ र १६ वर्षभन्दा माथिको लागि ५५ रुपैयाँ कायम गरिएको छ ।
महालक्ष्मी हेरचाह बीमामा ५ देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ, १५ वर्ष अवधिको लागि ५१ रुपैयाँर १६ वर्षभन्दा माथिको लागि पनि ५१ रुपैयाँ कायम गरिएको छ ।
महालक्ष्मी बाल बचत बीमामा ५ देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ वर्षको लागि ३५ रुपैयाँ १६ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २१ वर्षको लागि ३९ रुपैयाँ र २२ वर्षभन्दा माथिको माथिको लागि ३९ रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमाको सबै अवधिको लागि ३५ रुपैया, महालक्ष्मी धनधान्य बीमा योजनाको सबै अवधिमा ४५ रुपैयाँ र महालक्ष्मी सावाधिक आजीवन बीमाको सबै अवधिमा ३८ रुपैयाँ बोनसदर कायम गरेको छ।