पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पियोर इनर्जी लिमिटेडको चैत २८ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (वैशाख २ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) र १ लाख ४४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणमा निष्कासन गरेको हो ।
यो शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।