stcnepal long ad
ime life insurance
national life
global ime bank long

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पियोर इनर्जी लिमिटेडको चैत २८ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (वैशाख २ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) र १ लाख ४४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणमा निष्कासन गरेको हो ।

यो शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

IME Lifesidebar
kumari