sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

दोर्दी खोला जलविद्युतको चैत १९ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दोर्दी खोला जलविद्युतले चैत १९ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जस अनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ ।

फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यसमा लगानीकर्ताले २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

यसमा बिक्री सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

दोर्दी खोला जलविद्युतको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

gold
nawakantipur long