sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक सभा सम्पन्न

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज बिराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो ।

सभाले अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसका साथै गत आर्थिक वर्षको वर्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।

साधारण सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालक निर्वाचन गर्ने, सञ्चालकको भत्ता तथा सुविधा निर्धारण गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरुको सभामा बाक्लो उपस्थिती रहेको थियो ।

gold
kumari bank
nawakantipur long