stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

महालक्ष्मी विकास बैंकद्वारा देशैभरी वित्तीय साक्षरता तथा सचेतना सम्बन्धि कार्यक्रमहरु सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले चैत ४ गतेदेखि १० गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको हो ।

यस साताव्यापी अभियान अन्तर्गत बैंकका गोगंबु, धनगढी, चन्द्रनिगापुर, दमौली, इटहरी, जनकपुर ,विरगंज, दमक, टिकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा, केन्द्रीय कार्यालय लगायतका विभिन्न प्रादेशिक कार्यालयहरुले विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ ।

देशभरी गरिएको कार्यक्रमहरुमा १२ सय जनाभन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवाप्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ ।

साथै, यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरुबाट समेत विभिन्न सचेतनामूलका जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ ।

यस कार्यबाट किशोर–किशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

prabhu mahalaxmi
kumari