नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद चैत १४ गते सम्म

काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद अब चैत १४ गते बिहीबारसम्म रहेको छ । यसअघि तोकिएको समय थपेर १४ गतेसम्म पुर्याइएको हो ।
सुरुमा फागुन २८ गतेसम्म हकप्रद भर्ने म्याद थियो । तर, उक्त समयमा माग अनुसार आवेदन नपरेकाले आवेदन दिने समय थपेर चैत १४ गतेसम्म कायम गरिएको यसअघि कम्पनीले जानकारी गराएको थियो । अब थपिएको म्याद पनि सकिन लागेको छ ।
नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।
जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।