stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजदेखि प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आजदेखि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

विराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय १० औं महाधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

महाधिवेशनका लागि सङ्गठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर आइपुगिसकेका छन् ।

चौतारीको माउ पार्टी नेकपा एमालेका नेता तथा महाधिवेशन प्रतिनिधिहरू समेत धेरै जसो आज नै महाधिवेशन स्थलमा आइसक्ने जनाइएको छ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिए ।

अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई आज र भोलिका लागि खाना र आवासको व्यवस्था गरिएको छ ।

महाधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन गर्ने महासचिव लामाले जानकारी दिए ।

चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले भावी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ ।

सङ्गठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र सङ्गठनको काममा नलाग्नेलाई नेता नबनाइने जनाइसकेका छन् ।

IME Lifesidebar
kumari