stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ३२ करोड ८३ लाख

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको छ भने खुद र कुल बिमाशुल्क बढेको छ ।

१ अब ६४ करोड रुपैयाँ शेयर पूँजी भएको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ३० करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा इन्स्योरेन्स कम्पनीको रिटेन्ड अर्निङमा २६ करोड ४४ लाख थियो भने अन्य इक्विटीमा ११ करोड ९० लाख थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति  कोषमा ९ करोड ९७ लाख रुपैयाँ रहेको छ। स्पेसल रिर्जभमा १ अर्ब ३७ करोड रहेको छ ।

दोस्रो त्रैमाससम्म इन्स्योरेन्स कम्पनील ८१ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन १२ दशलमव ५४ प्रतिशतले बढेको हो ।

यस अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत ४८ करोड ८० लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले ४२ करोड ८७ लाख रुपैयाँ खर्चिएको थियो ।

इन्स्योरेन्स कम्पनीले समीक्षा अवधिसम्म ३२ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले २९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १० दशलमव ६५ प्रतिशतले बढेको हो ।

वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म इन्स्योरेन्स कम्पनीले ४९ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीको सोल्भेनसी रेसियो ४ दशदमव ३२ रहेको छ । इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४६ पैसा रहेको छ । पीई रेसियो ९३।२१ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ३७ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari