sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सानिमा जिआईसी इन्स्योरेन्सको १२ करोड १६ लाख रुपियाँ नाफा आर्जन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १२ करोड १६ लाख रुपियाँ नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.२६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा कम्पनीको नाफा १० करोड ५५ लाख रुपियाँ थियो ।

समीक्षा अवधिमा  इन्स्योरेन्स कम्पनीले २८ करोड ३१ लाख  रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले २९ करोड ३४ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यो ३.५० प्रतिशतले कम हो ।

यस अवधिमा इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपियाँ छ भने विशेष कोषमा ६४ करोड ५४ लाख र रिटेन्ड अर्निङमा २३ करोड ७६ लाख रुपियाँ रहेको छ ।

त्यस्तै, इन्स्योरेन्स कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.१७ रुपियाँ छ भने प्रतिशेयर नेटवर्थ १५२.७७ रुपियाँ पुगेको छ ।

gold
kumari bank
nawakantipur long