stcnepal long ad
ime life insurance
national life
global ime bank long

एशियन लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार इन्स्योरेन्स कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वृद्धि भएको छ।

इन्स्योरेन्स कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ५६ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ। इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आर्थिक वर्षमा बढेर २५ करोड ३ लाख रुपैयाँ पुगेको छ।

इन्स्योरेन्स कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षमा ५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।  त्यस्तै खुद बीमाशुल्क आम्दानी गत आर्थिक वर्षमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४१ पैसा रहेकोमा चालू आर्थिक वर्षमा बढेर १४ रुपैयाँ ७२ पैसा पुगेको छ।

चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको इन्स्योरेन्स कम्पनीले रिटेन्ड अर्निङमा ५६ करोड ३७ लाख रुपैयाँ र महाविपत्ति कोषमा २५ करोड २२ लाख रुपैयाँ सञ्चित गरेको छ।

त्यस्तै इन्स्योरेन्स कम्पनीको जीवन बीमाकोष गत आर्थिक वर्षमा ३९ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ४४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ २३ पैसा रहेको छ।

prabhu mahalaxmi
kumari