कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल १ लाख ९५ हजार ८७० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल बैंककै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
शेयरको मूल्य भने तोके बमोजिम हुने बताइएको छ । साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।