citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आज

कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण आज (माघ २८ गते) बस्दैछ । साधारण सभामा कम्पनीले साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजेबाट सुरु भएको छ ।

gold
himalayan life insurance long ad
kumari bank