stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आर्थिक वर्षमा बढेर ४६ करोड ८१ लाख रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी सहित खुद बीमाशुल्क आर्जन बढेकाले नाफा बढ्न टेवा पुगेको हो।

इन्स्योरेन्स कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षमा २९ अर्ब २० करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ३३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै खुद बीमाशुल्क आर्जन गत आर्थिक वर्षमा १९ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

इन्स्योरेन्स कम्पनीको जीवन बीमाकोष गत आर्थिक वर्षमा १ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा १० रुपैयाँ ४२ पैसा रहेकोमा चालू आर्थिक वर्षमा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको छ।

इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। कम्पनीले रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ३० करोड रुपैयाँ सञ्चित गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५१ पैसा छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long