stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

जीवन विकास लघुवित्त वित्तीय संस्थाको ८ लाख शेयर बिक्रीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटलको स्वामित्वमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको ८ लाख कित्ता शेयर आज (माघ २७ गते) बाट बिक्रीमा राखिएको छ।

वित्तीय संस्थाको संस्थापक समूहको शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। लगानीकर्ताले फागुन ४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।

prabhu mahalaxmi
kumari bank
kumari