citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

एलआईसीको अवितिरत ४.९२ लाख कित्ता हकप्रद लिलाम बिक्री खुला

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लमिटिेडले आजदेखि (माघ २१) अवतिरति हकप्रद शेयर ललिाम बढाबढ मार्फत बिक्रीमा ल्याएको छ ।

कम्पनीले मंसिर १२ गतेदेखि १ः०.८८४५१६८ अनुपातमा प्रतिशेयर १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको थियो । उक्त निष्कासनमध्ये बिक्री नभएको कुल ४ लाख ९२ हजार ५७७ कित्ता लिलाममार्फत बिक्रीमा ल्याएको हो ।

सुरुमा कम्पनीको हकप्रदमा पुस २ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो । तर पर्याप्त मात्रामा आवेदन नपरेपछि म्याद थप गरेर पुस १७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । थपिएको अवधिमा पनि हकप्रद बिक्री नभएपछि कम्पनीले लिलाम मार्फत बिक्रीमा ल्याउनु परेको हो ।

प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघ–संस्थाले खरिद गर्न पाउनेछन् ।

इच्छुक खरिदकर्ताले फागुन ५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

शेयर खरिदका लागि नेपाल एसबिआई मर्चेण्टको लेखनाथमार्ग ठमेल, लाइफ इन्स्योरेन्सका कार्यालय पुतलीसडक सहित वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत र धनगढी शाखामा बोलपत्र आवेदन  बुझाउन सकिने छ । फाराम पनि सोही ठाउँमा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

gold
himalayan life insurance long ad