stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सिटिजन लाइफ इन्स्योरेन्सले आ.व. २०८०/८१ का लागि नयाँ बोनस दर घोषणा

कुन योजनामा कति ?

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। इन्स्योरेन्स कम्पनीले केही बीमा योजनाका बोनस दर बढाएको छ।

इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०८०/२०८१ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट सोमबार (पुस २९ गते) स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो।

इन्स्योरेन्स कम्पनीबाट मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा उक्त आर्थिक वर्षका लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले अधिकतम ७७ रुपैयाँसम्म बोनसदर कायम गरेको थियो।

अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेख

इन्स्योरेन्स कम्पनीले यस बीमालेखमा प्रतिहजार १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ। १५ वर्षदेखि १९ वर्षसम्मको अवधिका लागि प्रतिहजार ४९ रुपैयाँ र २० देखि २४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ हजार ६३ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४९ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेख

इन्स्योरेन्स कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा प्रतिहजार ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि २७ रुपैयाँ र २० देखि २४ वर्षसम्मको अवधिका लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले सबैभन्दा धेरै २० देखि २४ वर्षसम्म अवधिकोे ८ हजार ६२६ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार २८ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

सिटिजन शुभारम्भ योजना (सावाधिक प्लस) बीमालेख

यस बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ४६ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्षसम्म अवधिको बीमालेख ४१ हजार ३०६ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४१ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सावधिक (रेगुलर)जीवन बीमालेख

सावधिक जीवन बीमालेखको हकमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधि लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५० रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ।

इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी १५ देखि १९ वर्षसम्म अवधिको बीमालेख १ हजार ७३ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

सिटिजन बाल भविष्य योजना (सावाधिक) बीमालेख÷ सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेख

यस बीमालेखमा कम्पनीले प्रतिहजाार ० देखि ९ वर्षसम्मको अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षसम्मको अवधिका लागि ६७ रुपैयाँ बोनसदर दिने भएको छ। कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्षसम्मको अवधिको १३ हजार २९८ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४७ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथि योजना)

यस बीमालेखमा कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको अवधिका लागि ४३ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ८० रुपैयाँ बोनसदर कायम गरेको छ।

इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्षसम्मको अवधिको ८ हजार १४८ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ४१ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

इन्स्योरेन्स कम्पनीका बीमालेखहरुमा बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमांकीय मूल्यांकन स्वीकृत नभएसम्मका लागि कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो।

prabhu mahalaxmi
kumari