citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको वार्षिक साधारण सभा माघ १५ गते डाकेको छ । डेभलपमेन्ट कम्पनीले नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो । तर, हाइड्रोपावर कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन पाउने छन् । साधारण सभा, सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

gold
himalayan life insurance long ad
kumari bank