stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

क्याथे प्यासिफिकको विमानमा दिइने खानाबारे छानबिन गर्न गठित समितिले छानबिन थाले

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । काठमाडौँबाट हङकङ उडान भएको क्याथे प्यासिफिकको विमानमा दिइने खानाबारे छानबिन गर्न गठित समितिले छानबिन थालेको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कोडेक्स तथा इन्फोसान सचिवालयका शाखा प्रमुख सुमन धिताल नेतृत्वको समितिले अध्ययन सुरु गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ उडान गरेको हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानमा खाना खाएका ३६ यात्रु एकै पटक बिरामी परेपछि खानामा विषाक्त भएर नै यो समस्या आएको हुन सक्ने भन्दै धितालको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले काठमाडौँबाट हङकङ उडान गरेको विमानमा सवार रहेका यात्रु विमानमा वितरण गरिएको खाना खाने बित्तिकै बिरामी पर्नु भनेको गम्भीर विषय भएकाले खानाको गुणस्तरबारे विस्तृत अध्ययन गर्न समिति गठन गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिले विमानस्थल परिसरभित्र सञ्चालन गर्ने खाद्य व्यवसाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय हवाई सेवाप्रदायकले यात्रुका लागि उपलब्ध गराउने खाद्यवस्तु तथा पेय पदार्थको स्वच्छता र गुणस्तरमा ध्यान दिए नदिएको विषयमा अध्ययन गर्ने छ ।

सोमबारदेखि सो विषयमा अध्ययन सुरु गरेको समितिले आउँदो आइतबारभित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।

prabhu mahalaxmi
kumari