sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमितलाई अपुग कागजात पेश गर्न आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आग्रह गरेको छ।

गत असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा दाबीका लागि निवेदन दिएका बीमितको तर्फबाट आवश्यक कागजात अझै अपुग रहेको र सम्पर्कमा समेत नआएको भन्दै कम्पनीले सूचना जारी गरेको हो।

कम्पनीले बीमितलाई २१ दिनभित्र कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी थप कागजात पेश गरेर दाबी प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ।

यो अवधिभित्र पनि बीमितले दाबी प्रक्रिया अघि नबढाएमा सम्बन्धित बीमितको दाबीको फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

gold
prabhu bank
nawakantipur long