stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा मंसिर २८ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश लगायतका प्रस्तावहरु पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १४प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४५ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ ।

यस कम्पनीको लाभांश पाउन तथा साधारण सभामा भाग लिन मंसिर १३ गतेभित्र सेयरधनी कायम भइसकेको हुनुपर्छ ।

साधारण सभा यही मंसिर २८ गते शुक्रबार बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा बस्ने भएको छ ।

prabhu mahalaxmi
kumari