stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरणमा १००प्रतिशतसम्म छुट दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ।

साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याजरजरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।

कम्पनीले व्यतित बीमालेखहरु आज मंसिर १९ गतेदेखि मंसिर ३० गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।

तीन वर्षसम्म व्यतित भएका बीमा लेखमा ब्याज जरिवानामा १०० प्रतिशत छुट, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ५ वर्ष माथिदेखि ७ वर्षसम्म व्यतित भएका बीमा लेखमा ब्याज जरिवानमा २५ प्रतिशत र ७ वर्षदेखि १२ वर्षसम्म व्यतित बीमा लेख १० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ भने १२ वर्षमाथि व्यतित भएका बीमालेखमा छुट नदिने जनाएको छ ।

prabhu mahalaxmi
kumari