stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सको नयाँ बीमालेख योजना

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय गर्न स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमाको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ ।

लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायको सारथीको रुपमा छवी बनाउँदै गएको क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्सले विविध इच्छा, चाहना सम्वोधन हुने गरी समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना २०८१ मंसिर ५ गते बुधवार सार्वजनिक गरेको छ ।

समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरे पश्चात नियमित ५/५ बर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाँने र बीमा अवधि समाप्तीमा बाँकी विमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान हुनेछ ।

नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा आई पर्ने पढाई खर्च, विवाह, वर्तमन जस्ता धार्मिक, साँस्कृतिक कार्य तथा व्यवसाय सञ्चालन जस्ता विविध कार्यमा आर्थिक सहायता प्रदान गर्ने देखिन्छ ।

योजनाका मुख्य विशेषताहरुः
बीमा योजनाः समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना
बीमाङ्क रकमः न्यूनतम ५० हजार देखि अधिकतम ५ लाख सम्म
बीमितको प्रवेश उमेर: न्यूनतम १८ बर्ष देखि अधिकतम ५० बर्ष सम्म
अधिकतम बीमा समाप्ति उमेर : ७० बर्ष
बीमा अवधि : १५/२०/२५ बर्ष
बीमाशुल्क भुक्तानी अवधिः बीमा अवधि बराबर
बीमाशुल्क भुक्तानी तरिका : बार्षिक, अर्धबार्षिक र त्रैमासिक

अग्रिम रकम फिर्ता, न्यून बीमाशुल्क, सर्बोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजनाले दुर दराजसम्म बीमा साक्षरता अभिबृद्धिमा अहम भुमिका खेल्ने देखिन्छ ।

बीमा शुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने ।

बीमाङ्कको निश्चित रकम फिर्ता हुँदै गएपनि पूर्ण बीमाङ्क बराबरको जीवनको सुरक्षण कायम नै रहने, अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाको कारण मृत्यु भएमा थप १०० प्रतिशत बीमाङ्क रकम, दुर्घटनाका कारण अंगभंग भएमा बीमाङ्कको १०० प्रतिशत सम्म अंगभंग सुविधा, दुर्घटनाको कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने देखिन्छ ।

prabhu mahalaxmi
kumari